Rule 19
विद्युतीय माध्यमबाट विवरण सम्पे्रषण गर्न सक्ने
(१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले आफूले निकासी वा पैठारी गर्ने मालवस्तुको घोषणा विद्युतीय माध्यमद्वारा सम्बन्धित भन्सार अधिकृतसमक्ष सम्प्रेषण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण सम्प्रेषण गर्ने कार्यविधि विभागले तोके बमोजिम हुनेछ ।